Logo

बैंक / बिमा /शेयर

दाङको लमहीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा


GDP Nepal
   २५ माघ २०७७, आइतबार


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार आयोजित एक विशेष कार्यमबीच शाखाको औपचारिक उद्घाटन गरे ।

शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने मूल नारालाई चरितार्थ गर्दै ग्लोबल आइएमई उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको भएको बताए ।

ढकालले स्थानीय स्तरबाट संकलन हुने रकम स्थानीय स्तरकै आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरे । स्थानीय क्षेत्रको आर्थिक विकास र सम्भावित पूर्वाधार विकासमा सहयोग पु¥याउन बैंक स्थापना भएको उनको भनाइ छ ।

बैंकले साना तथा स्वरोजगार व्यवसायदेखि कर्पोरेट क्षेत्रसम्म लगानी गरेको बताउँदै बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकले ७४ जिल्लाबाट आफ्नो सेवा दिएको जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोदकुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गरे ।

ग्लोबल आइएमई बैंकले देशका ७४ जिल्लामा २६८ शाखा सञ्जालसहित २४१ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सम्पर्क कार्यालय मार्फत आफ्ना २२ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित : २५ माघ २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह