Logo

Banner-news

सुन आपूर्तिमा बैंकको मनोमानी नियन्त्रण गर्ने राष्ट्र बैंकको प्रतिवद्धता


GDP Nepal
   २७ माघ २०७७, मंगलबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति व्यवस्था सहज बनाउने प्रतिबद्धता जनाएको छ । विभिन्न बैंकहरु मार्फत हुँदै आएको सुनको आयात र विक्री वितरण कार्यलाई थप ब्यवस्थित र प्रभावकारी बनाउने महासंघले जनाएको छ ।

राष्ट्र बैंकले सुन आयात र वितरणको विषयमा निश्चित प्रावधान लागू गरे पनि त्यसको कार्यान्वयन पक्ष फिलता भएको ब्यवसायीको गुनासो रहेको भन्दै राष्ट्र बैंकले त्यसलाई ब्यवस्थित र प्रभावकारी वनाउन आवश्यक पहल गर्ने भएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधीमण्डलसँग शोमबार भएको छलफलमा राष्ट्र बैंकको विदेशी विनिमय भिागका कार्यकारी निर्देशक बम बहादुर मिश्रले राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसा काम भए नभएको अनुगमनगरी त्यसलाई ब्यवस्थितत गर्न पहल गरिने प्रतिवद्धता जनाए ।

तोकिएका नाकाहरुवाट पनि सरल र सहजरुपमा सुन वितरणको ब्यवस्था मिलाउन, सिफारिस विना नै सुन विक्री गर्ने गरिएको भए त्यसलाई नियन्त्रण गर्न, आफूर्तिमा लागु हुँदै आएको कोटाको सिमा पुनरावलोकन गर्न र ब्यवसायीले उठाएका अन्य जायक मागहरुको सम्वोधनगर्न राष्ट्र बैंक तयार रहेको उनको भनाइ छ ।

सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसाय सञ्चालनमा दौरानमा आइपरेका समस्याहरु जानकारी गराउँदै तीनलाई हलगर्नकालागि पहल गर्न आग्रह गरे ।

शाक्यले ब्यवसायीलाई परेका समस्इा समाधानगर्न राष्ट्र बैंकको अहं भूमिका हुने उल्लेख गर्दै त्यसमा आवश्यक पहल गर्न आग्रह गरे । महासंघका उपाध्यक्ष पवन कुमार सोमानीले त्यसक्रममा ब्यवसायीमाथि पुरेका विभिन्न समस्या बारे जानकारी गराएका थिए ।

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह