Logo

Banner-news

खतिवडाले नै घटाएर ल्याएको बजेटलाई अर्थमन्त्री पौडेलले झन् खुम्च्याए


GDP Nepal
   २८ माघ २०७७, बुधबार


काठमाडौं । चालू आर्थिक वर्षका लागि सरकारले जेठ १५ मा १४ खर्ब ४६ अर्बको बजेट ल्याएको सरकारले मध्यावधि समीक्षामा भने १३ खर्ब ४४ अर्ब ६८ करोड मात्र खर्च हुने अनुमान सार्वजनिक गरेको छ ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले अघिल्लो वर्ष (आव २०७६/७७)भन्दा आकार घटाएर बजेट ल्याएका थिए भने मध्यावधि समीक्षामा अर्थमन्त्री विष्णु पौडलले यसलाई पनि खुम्च्याएका छन् । अघिल्लो वर्ष सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो ।

कमजोर कार्यान्वयन र महत्वाकांक्षी एवं अव्यावहारिक कार्यक्रमका कारण हरेक वर्ष बजेटको अवस्था दयनीय बन्दै गएको छ । जेठमा ठूलो बजेट ल्याउने र माघमा यसलाई संशोधन गरेर खुम्च्याउने सरकारको नियति नै बनिसकेको अवस्था छ ।

चालू आवमा र१३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान गरिएको छ । यो कूल विनियोजनको ९१.१९ प्रतिशत हो ।

बजेट ल्याउँदा प्रतिनिधिसभा निर्वाचन खर्च, कोभिड–१९ विरुद्धको खोप खर्च समावेश थिएन ।

अर्थमन्त्री पौडेलका अनुसार चालूतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड , पूँजीगततर्फ रु दुई खर्ब ८३ अर्ब चार करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब ८६ करोड खर्च हुने अनुमान गरिएको छ ।

चालू आवको अन्त्यसम्म सरकारको स्रोतबाट राजश्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब खर्च हुने संशोधित अनुमान रहेको छ ।

प्रकाशित : २८ माघ २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह