Logo

Banner-news

इन्फ्रास्ट्रक्चर बैंकको २० करोड कित्ता सेयर नेप्सेमा सूचीकरण


GDP Nepal
   २९ माघ २०७७, बिहिबार


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको २० करोड कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण भएको छ ।

सेयर सूचीकरणका लागि बिहीबार भएको सम्झौतामा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरे ।

अंकित तथा चुक्ता मूल्य १ सय कायम भएको २० करोड कित्ता शेयर सूचीकरण गर्ने सम्झौता भएको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत ८ करोड कित्ता शेयर सर्वसाधारण, कर्मचारीहरु र सामुहिक लगानी कोषका लागि विक्री खुल्ला आब्हान गरेको थियो ।

बैंकका संस्थापकहरुले लगानी गरेको १२ करोड कित्ता सेयर समेत गरी जम्मा २० लाख कित्ता शेयर वितरण भई नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण भएको जनाइएको छ ।

नेपाल स्टक एक्सचेञ्ज रनेपाल इन्फ्रास्ट्रक्चर बैंक बीच सम्झौताभएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्जमा बैंकको धितोपत्र निफ्राको कोडबाट दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।

बैंकले शेयर सूचीकरण पश्चातदिनुपर्ने शेयर रजिष्ट्रार सेवाको लागिग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंलाई नियुक्त गरिसकेको छ ।

बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ६२ पैसा भएकाले नेप्सेले न्यूनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ रुपैयाँसम्ममा कारोबार हुने जनाइएको छ ।

प्रकाशित : २९ माघ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह