Logo

Banner-news

महिला लघुवित्तको आईपीओ भर्नुभयो ? बुधबार अन्तिम दिन !


GDP Nepal
   ४ फाल्गुन २०७७, मंगलबार


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो । सोमबारसम्म झन्डै ५० गुणा बढी आवेदन परिसके पनि गोलाप्रथामा पर्नका लागि आईपीओ भर्नैपर्ने हुन्छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार लगानीकर्ताले आज (बुधबार) कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । लघुवित्तको आईपीओ बिक्री गत शुक्रबार अर्थात माघ ३० गतेबाट खुलेको हो ।

*आईपीओ आवेदनका लागि बिक्री प्रबन्धकले चार कार्यदिन तोकेको हुन्छ, शुक्रबार पहिलो दिन सार्वजनिक बिदा भएकाले यसको अन्तिम मिति बुधबारसम्म रहेको हो ।

महिला लघुवित्तको ४ लाख कित्ता आइपीओ बिक्री खुला गरिए पनि खुला गरिएको मध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने पाँच प्रतिशत अर्थात २० हजार कित्ता सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ ।

सर्वसाधारणका लागि बिक्री खुला गरिएको बाँकी ३ लाख ७५ हजार कित्ता हो । जुन सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

*सम्पादित

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह