Logo

Banner-news

सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी पूजा’ बिमा, शताब्दी पुरुषले गरे शुभारम्भ !


GDP Nepal
   ८ फाल्गुन २०७७, शनिबार


काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सूर्या चौरासी पुजा ’ नामक नयाँ बिमा योजना बजारमा ल्याएको छ । दीर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ शुक्रबार एक कार्यक्रमका बिच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो ।

बिमा योजनाको शुभारम्भ शताब्दी पुरुष सत्यमोहन जोशीले गरेका हुन् । ।

यस योजनामा बीमीतको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्नेछ भने ‘सूर्या चौरासी पुजा’ बिमा योजनाले बिमाङ्कको २५० प्रतिशतसम्म बिमाकभर पर्दान गर्नेछ । साथै बीमितले बिमाशुल्क भुक्तानी अवधिपश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बिमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुनेछ ।

अन्ततः बीमितको उमेर ८३ वर्ष पूरा भइ ८४ मा प्रवेशगर्दा बीमितलाई बिमाङ्कको १५० प्रतिशत रकम बिमावापत अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजाउत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् ।

‘सूर्या चौरासी पूजा ’ बिमा योजना १६ वर्षदेखि ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्म बिमाशुल्क भुक्तानी अवधीका लागि खरीद गर्न सक्नेछन् । न्युनतम १ लाख रुपैया बिमाङ्कक तोकिएको सो बिमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ ।

बिमा प्रारम्भको दुई वर्षपछि बिमा अवधीभर बिमा सर्मपण र बिमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ ।

कार्यक्रममा शताब्दी पुरुष जोशीले यस योजनाले बृद्ध, बृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताए । जोशीले चौरासीपुजा के हो ? कस्तो हो भन्ने विषयमा पनि उनले प्रकाश पारेका थिए ।

सूर्या लाइफ इन्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत कमलकुमार खतिवडाले स्वागत ‘सूर्या चौरासी पुजा ’नामकनयाँबिमा योजनाका बारेमा प्रकाश पार्दै आगामी दिनमा यो योजनामा आफुहरु सधैं प्रयत्नशिल रहने बताए ।

कम्पनीका संस्थापक शेयरधनी विवेक झाले यो बिमायोजना करिब ५ वर्षदेखि सन्चालनमा रहेको र दुई वर्षपछि मात्रै यसमा केही परिवर्तन आएको बताए । यस बिमा योजनाले भविष्यमा ठूलो फड्को मार्ने उनले बताए ।

बिमा बजारमा अरुको पछाडि नलागेर आफंै दिन र लीन सक्नु पर्ने वातावरण नभएको बताउँदै उनले यस्तो वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘निड अनुसार बिमा बजारमा ल्याउन जरुरी छ, जुन प्रोडक्ट आफैलाई किनौं किनौं लाग्छ त्यो बिमा नै बिक्छ ।’

प्रकाशित : ८ फाल्गुन २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह