Logo

Banner-news

अनलाइन सेयर कारोबारमा सक्रिय २ लाख पुगे, टीएमएस लिने पौने ४ लाख


GDP Nepal
   ११ फाल्गुन २०७७, मंगलबार


काठमाडौं । मुलुकको सेयर बजारमा ३० लाखभन्दा बढी लगानीकर्ता रहेको बताइए पनि सक्रिय कारोबारीको संख्या भने अझै पनि न्यून नै रहेको पाइएको छ ।

नेपाल स्टक एक्सचेञ्जले अनलाइनबाटै सेयर कारोबारको व्यवस्था मिलाएपछि यो सुविधा लिने बढेका छन् । यसैको आधारमा सक्रिय लगानीकर्ताको आकलन गर्न सकिन्छ ।

अहिलेसम्म पौने ४ लाखले अनलाइन कारोबारका लागि सुविधा अर्थात अनलाइन ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सुविधा लिए पनि यसको आधामात्र सक्रिय रहेको देखिन्छ ।

स्टक एक्सचेन्जका अनुसार अनलाइन सेयर कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या हालसम्म ३ लाख ७६ हजार २६१ पुगेको छ । यसमध्ये १ लाख ९५ हजार ९८९ जना सक्रिय अनलाइन प्रयोगकर्ता रहेका छन् ।

अनलाइनबाहेक ब्रोकरबाट कारोबार गर्नेको संख्या भने उल्लेख्य छ । ब्रोकरमार्फ कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या ५ लाख ५० हजार ४०९ रहेको तथ्यांक छ । ब्रोकरमार्फत कारोबार गर्ने र अनलाइन सुविधा लिने एकै व्यक्ति समेत हुने भएकाले एकीन तथ्यांक भने छुट्याइएको छैन र

अनलाइन कारोबारका लागि सदस्य संख्याका आधारमा नासा सेक्युरिटिज पहिलो स्थानमा रहेको छ । यस कम्पनीबाट ३६ हजार ३२७ जनाले अनलाइन लगइन लिएको तथ्यांक छ ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह