Logo

Banner-news

निफ्राको सेयर मूल्य घटे पनि खरिद चाप उच्च !


GDP Nepal
   १२ फाल्गुन २०७७, बुधबार


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर कारोबार पुनः सुचारु भए पनि सेयर मूल्य भने घट्दो क्रममा देखिएको छ ।

निफ्राको सेयरका लागि खरिदकर्ताको चाप रहेकाले मूल्य धेरै ओरालो लाग्ने अवस्था भने देखिँदैन । बुधबारको कारोबार समाप्ती हुने बेलासम्म निफ्राको सेयरका लागि डेढ लाख कित्ताभन्दा बढीका लागि खरिद आदेश छ भने करिब ५१ हजार कित्ता मात्र बिक्रीमा राखिएका छन् ।

यद्यपि, यो समाचार तयार पार्ने बेलासम्म निफ्राको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ४७ रुपैयाँले घटेर ५४७ रुपैयाँ कायम भएको छ ।

कारोबार सुरु भएको दुई सातामा निफ्राको सेयर मूल्य तीब्र उतारचढावबीच ३४० रुपैयाँदेखि ६४२ रुपैयाँसम्म पुगिसकेको छ ।

सेयर बजारका जानकारहरुका अनुसार खरिदकर्ताको चाप रहेकाले यसको सेयर मूल्य अझै केही बढ्नसक्ने भएकाले बेच्न हतारिनु उचित हुँदैन ।

बुधबार प्राविधिक समस्या आएपछि नेप्सेले निफ्राको सेयर कारोबार स्थगित गरेको थियो । प्रणालीमा गडबढी आउँदा निफ्राको भाउ १०० प्रतिशत घटेको देखिएपछि सेयर कारोबार स्थगित गरिएको थियो ।

यसले समग्र नेप्से सूचकलाई पनि प्रभावित बनायो थियो । तर नेप्सेले समस्या समाधान गरी सूचक पनि सच्याएको थियो ।

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह