Logo

Banner-news

सर्वत्र आलोचनापछि सीडीएसले ल्यायो आईपीओ हेर्न छुट्टै पोर्टल


GDP Nepal
   १५ फाल्गुन २०७७, शनिबार


काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले प्राथमिक सेयर निष्कासन (आईपीओ)को नतिजा हेर्न छुट्टै पोर्टल ल्याएको छ ।

शनिबार सार्वजनिक विदाको दिनबाट सञ्चालनमा ल्याइएको पोर्टलले सेवाग्राहीको जति पनि चाप थेग्न सक्ने कम्पनीको दावी छ ।

शुक्रबार महिला लघुवित्तको सेयरसम्बन्धी नतिजा लगानीकर्ताले समयमै हेर्न नपाएपछि सीडीएसले चर्को आलोचना खेप्नु परेको थियो ।

सीडीएसले शनिबार विज्ञप्ति जारी गर्दै एसबिआई मर्चेन्टको वेबसाइटले काम नगर्दा मेरो सेयरमा चाप बढेको र मेरो सेयरबाट पनि धेरैलाई समस्या परेको भन्दै नयाँ साइट सञ्चालनमा ल्याइएको जनाएको छ ।

जसअनुसार अबदेखि नयाँ साइट https://iporesult.cdsc.com.np बाट आईपीओको नतिजा हेर्न सकिनेछ । हाल यसमा महिला लघुवित्तको नतिजा अपलोड भइसकेको छ ।

यस्तै, मेरो सेयरमा आएको समस्याका कारण ई–डीआइएस सेवा प्रभावित भएको भन्दै बिहीबारको राफसाफ गर्ने मिति थप गरी आइतबारसम्मलाई पुर्याइएको छ ।

प्रकाशित : १५ फाल्गुन २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह