Logo

Banner-news

ज्योति लाइफको आईपीओ शुक्रबारबाटै


GDP Nepal
   १९ फाल्गुन २०७७, बुधबार


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर निष्कासन शुक्रबारबाटै हुने भएको छ । कम्पनीको सेयर निष्कासन आउँदो आइतबारबाट हुने भनिए पनि मिति अगाडि सारिएको हो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आग्रहमा आइपीओ निष्कासन मिति परिवर्तन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले फागुन २३ गतेदेखि आइपीओ बिक्री खुला गर्ने आह्वानपत्र जारी गरे पनि २१ गतेबाटै जारी हुने बताइएको छ । जसअनुसार अब यो आइपीओमा फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्राथमिक सेयरमा आवेदन दिने क्रम उच्च दरमा बढिरहेका बेला ज्योति लाइफको आईपीओ जारी भएको छ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । यसमध्ये ३ लाख कित्ता ३० हजार कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । लगानीकर्ताले सि–आश्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह