Logo

Banner-news

ज्योति लाइफको आईपीओ आजबाट, १० कित्तामात्र भर्नु उचित


GDP Nepal
   २१ फाल्गुन २०७७, शुक्रबार


काठमाडौं । पुँजी बजारमा शुक्रबारदेखि ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयरका लागि आवेदन खुला भएको छ ।

फागुन २६ गतेसम्म आवेदन दिन सकिने यो सेयरमा माग गरिएको सेयर संख्या र आवेदकहरुको अनुमानित आँकडाअनुसार न्यूनतम अर्थात १० कित्तामात्र आवेदन गर्नु उचित हुने जानकारहरु बताउँछन् । ज्योतिको आईपीओमा अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

सर्वसाधारणले भने यसबाट बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।

ज्योतिको आईपीओका लागि लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ भने आइपीओ बिक्रीपछि २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति लाइफले १० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ ।

ज्योतिको प्रतिसेयर आम्दानी वार्षिक १४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८१ पैसा छ ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह