Logo

Banner-news

‘इनर्जी ड्रिङ्क्स’लाई प्रधानमन्त्रीले दिए ‘धमिलो पानी’को संज्ञा, आयात रोक्न अपिल !


GDP Nepal
   २५ फाल्गुन २०७७, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इनर्जी ड्रिङ्क्सलाई धमिलो पानीको संज्ञा दिएका छन् । उनले विदेशबाट यस्तो धमिलो पानी आयात गर्न छाडी स्वदेशमै उत्पादन गर्न व्यवसायीहरुलाई अपिलसमेत गरेका छन् ।

नेपाल उद्योग परिसंघको मेक इन नेपालः राष्ट्रिय अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने– कच्चा पदार्थ र अत्यावश्यकीय वस्तुमात्र आयात गरौं, इनर्जी ड्रिङ्क्स भनिने त्यस्ता धमिलो पानी आयात गरेर देशलाई गरिब नबनाऔं ।

प्रधानमन्त्रीले देशमा उद्योगभन्दा बढी कृषिबाटै रोजगारी सिर्जना भइरहे पनि सबैभन्दा बढी समस्या पनि कृषि क्षेत्रमै रहेको धारणा राखे । उनले कृषिजन्य उद्योग स्थापनामा जोड दिए ।

कार्यक्रममा परिसंघमा प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलले मेक इन नेपाल राष्ट्रिय अभियानले वार्षिक १ हजार उद्योग सञ्चालनको लक्ष्य लिएको जानकारी दिए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, परिसंघ अध्यक्ष सतिशकुमार मोर, निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल लगायतले मेक इन नेपाल अभियानले राष्ट्रिय अर्थतन्त्र बलियो बन्ने धारणा राखे ।

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह