Logo

Banner-news

ज्योति लाइफको आईपीओ भर्नुभयो ? आज अन्तिम दिन !


GDP Nepal
   २६ फाल्गुन २०७७, बुधबार


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपीओ) मा आवेदन दिने बुधबार अन्तिम दिन हो । शुक्रबार खुलेको ज्योति लाइफको आइपीओ निष्कासन छिटोमा बन्द हुने दिन मंगलबार नै रहे पनि चार कार्य दिनसम्म रहने भएकाले महिला दिवसका कारण एक दिन पर सरेको हो ।

ज्योति लाइफमा आवेदन बुधबार कार्यालय समयभित्र दिइसक्नुपर्नेछ । यस आइपीओमा मागभन्दा बढी आवेदन परिसकेका कारण गोलाप्रथाबाटै सेयर बाँडफाँड हुनेछ ।

न्योति लाइफको सेयरमा मंगलबारसम्म १५ लाख ७० हजार ४१४ जनाले आवेदन दिएका छन् । उनीहरुले ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् ।

ज्योतिको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । मंगलबारसम्मको आवेदन सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५.६३ गुणा बढी हो ।

कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको छ । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

ज्योति लाइफको सेयर बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह