Logo

सेयर बजार

महिला लघुवित्तको सेयर आजदेखि नेप्सेमा, मूल्यको सीमा ९३९ रुपैयाँसम्म !


GDP Nepal
   ३ चैत्र २०७७, मंगलबार


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको छ । अघिल्लो साता बाँडफाँट भएको महिला लघुवित्तको ओपनिङ रेञ्ज भने आकर्षक निर्धारण गरिएको छ ।

स्टक एक्सचेञ्जका अनुसार बिक्रीकर्ता भएमा मंगलबारबाट यसको सेयर कारोबार खुला हुनेछ । महिलाको १० लाख कित्ता सेयर सूचीकरण गरिएको हो । यसैले यसको सेयर मागभन्दा आपूर्ति कम हुने भएकाले आकर्षण उच्च रहने अनुमान गरिएको छ ।

नेप्सेले यसको ओपनिङ रेन्ज पहिलो कारोबारका लागि न्यूनतम ३१३ रुपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसाभित्र निर्धारण गरेको छ ।

महिला लघुवित्तको कारोबार संकेत भने एमएलबिएसएल हुनेछ ।

प्रकाशित : ३ चैत्र २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह