Logo

Banner-news

नेपालीले अब आफैं डलरमा भुक्तानी गर्न सक्ने, वार्षिक ५ सय डलरको सीमा


GDP Nepal
   ९ चैत्र २०७७, सोमबार


काठमाडौं । नेपाली नागरिकले अब आफ्नै बैंक खाताबाट विदेशबाट वस्तु तथा सेवा खरिद गर्न सक्ने भएका छन् । विद्युतीय भुक्तानीसम्बन्धी विद्यमान व्यवस्था परिवर्तन गर्दै नेपाल राष्ट्र बैंकले प्रिपेड कार्डका आधारमा अब सिधै विदेशमा भुक्तानी गर्नसकिने व्यवस्था सुरु गरेको हो ।

केन्द्रीय बैंकका अनुसार नेपाली नागरिकले वार्षिक ५ सय डलरसम्मको वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् । जसमा पटकपटक वा एकैपटक सो परिमाणमा वस्तु तथा सेवा खरिद गर्न सकिनेछ ।

बैंकले आइतबार जारी गरेको निर्देशनमा भनिएको छ– ग्राहकको अनुरोधमा प्रिपेड कार्डमा उक्त दिनको विनिमय दरको आधारमा अधिकतम अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा जम्मा गर्न सकिनेछ ।

केन्द्रीय बैंकका अनुसार विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेवापत विदेशी मुद्रासमेत सोही कार्डमा जम्मा हुने व्यवस्था मिलाउनु पर्नेछ । तर, उक्त मुद्रा नेपाली सटहीदरमा मात्र उपलब्ध हुनेछ ।

यस्तै, वस्तु तथा सेवा निर्यातकर्तालाई भने वार्षिक सीमा ५ हजार डलर तोकिएको छ । प्रिपेड कार्डलाई एटीएमका रुपमा प्रयोग गर्न नपाइने शर्त राखिएको छ ।

नेपालमा रहेर विभिन्न अनलाइन सपिङमार्फत विदेशी सामान खरिद गर्ने तथा फेसबुक, ट्वीटर, युट्युबलगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्नेहरुका लागि केन्द्रीय बैंकको यस्तो व्यवस्थाले सहज हुनेछ ।

प्रकाशित : ९ चैत्र २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह