Logo

बैंक / बिमा /शेयर

विश्व वित्तीय सप्ताहमा लक्ष्मी बैंकले गर्‍यो यस्ता कार्यक्रम


GDP Nepal
   १७ चैत्र २०७७, मंगलबार



काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ

बैंकको वित्तीय साक्षरता आभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजारभन्दा बढी विद्यार्थीहरुलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउदैं खुत्रुके वितरण गरिएको थियो ।

यसका साथै युवाहरुमाप ्रविधिको प्रयोग गरी बैकिङ्ग गर्ने बानीको विकास गर्नेे उद्देश्यले विभिन्न व्यवसायमा आवद्घ साना व्यवसायीहरुलाई डिजिटल बैंकिंङ्गको प्रयोग सम्वन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको थियो ।

यसैगरी लक्ष्मी बैकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिवृद्घिसम्वन्धी वृत्तचित्र “समृद्घिको अभियान, लक्ष्य वित्तीय ज्ञान” नेपाल टेलिभिजनबाट चैत १० गते तथा चैत १५ गते प्रसारण गरिएको थियो ।

विश्व वित्तीय सप्ताहकै उपलक्ष्यमा वित्तीय जानकारी सहितको नव वर्ष २०७८ सालको वार्षिक भित्तेपात्रो (क्यालेन्डर) को पॉचौ संस्करणको विमोचन गरिएको थियो । २० हजार प्रति क्यालेन्डर छापी सातवटै प्रदेशकादुर्गम क्षेत्रमा यस्तो क्यालेन्डर वितरण गर्ने तयारी गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता अभियानलाई प्रमुख प्राथमिकतामा राख्दै लक्ष्मी बैंकले यसअघि पनि विभिन्न सहभागितामूलक तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

भविष्यमा पनि यसलाई निरन्तरता दिँदै अधिकतम जनसमुदायमाझ वित्तीय सचेतना फैलाई वित्तीय पहुँच विस्तार गर्ने बैंकको योजना रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : १७ चैत्र २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह