Logo

Banner-news

गगन प्रधान, शान्ति चड्डा, पवित्र गौतम र कुटुम्ब भए नबिल स्किल हिरो


GDP Nepal
   १७ चैत्र २०७७, मंगलबार


काठमाडौं । नबिल स्किल हिरोको रूपमा तीन व्यक्ति र एक संस्था सम्मानित भएका छन् । नबिल बैंकको आयोजनामा भएको कार्यक्रममा भिन्न विधाका यी व्यक्ति र संस्थालाई नबिल स्किल्ड हिरोको सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, विज्ञान तथा प्रबिधी रहेका थिए ।

पर्यटन र आतिथ्यका लागि, हिमालयन जावाका सञ्चालक तथा एमडी गगन प्रधानलाई नाबिल स्किल हीरोको रूपमा सम्मानित गरिएकाछ । प्रधान एक प्रभावशाली व्यक्तित्व हुन जसले कफी उद्योगमा आफ्नो नाम कमाए र कफीको स्थापनामा अभिन्न भूमिका खेले ।

त्यस्तै, नेपाली संगीतमा रहेको विविधताको अनुसन्धान, संरक्षण र उत्सवप्रति प्रतिबद्ध लोक वाद्य कुटुम्बलाई कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएकोमा सम्मानित गरियो ।

उद्दमशीलता वर्गमा नेपाल महिला उद्यमी संघ नेपालका संस्थापक अध्यक्ष शान्ति चड्ढालाई सम्मानित गरियो । चड्ढाले आफ्नो व्यक्तिगत प्रयास, व्यवसाय र विभिन्न संस्थासँगको सम्बन्धको माध्यमबाट सीप विकास र आर्थिक सशक्तिकरणको पहलगरेर हजारौं महिला र परिवारलाई प्रभाव पारेकी छिन ।

विज्ञान र टेक्नोलोजीका लागि, कारखानाका सह–संस्थापक र सीईओ पवित्र गौतमलाई २१ औं शताब्दीका लागि महत्वपूर्ण पाठ्यक्रमहरू सिर्जना गर्ने र प्रभावकारी शिक्षा सिर्जना गर्ने निर्माता आधारित शिक्षा प्रयोग गरेर वास्तविक जीवन र कक्षालाई विज्ञान र टेक्नोलोजी सगं जोड्न सक्ने मञ्च प्रदान गर्ने प्रयासको लागि सम्मानित गरियो ।

स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम २१ मार्च देखी २९ मार्चसम्म सन्चालन भएको थियो । स्किल लाई बिकास गर्ने लक्ष्यका साथ “सिपले सम्मान सिपको सम्मान”, भन्ने नाराका साथ यस बर्षको स्किल्ल वीक कार्यक्रम समापन गरियो ।

स्किल वीक र नाबिल स्किल हीरो अवार्ड २०२१ को समापन समारोहमा एक मुख्य किनोट स्पीकरको रूपमा, शैक्षिक सुधारक, र दूरदर्शी श्री सोनम वांगचुकको उपस्थिती मा सन्चालन गरिएको थियो ।

उनकै जिवनमा आधारीत रहेर वहाँको शिक्षाप्रतिको सिद्धन्तलाई आकर्शक रुपमा थ्री इडीयड्स एक बलिवुड चलचित्रमा दर्शाइएको छ ।

प्रकाशित : १७ चैत्र २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह