Logo

Banner-news

मेरो सेयरले सधैँ तनाव, सीडीएससी समस्याले सिंगटी हाइड्रोको बाँडफाँट धकेलियो


GDP Nepal
   १९ चैत्र २०७७, बिहिबार


काठमाडौं । मेरो सेयर सफ्टवेयरमा बारम्बार समस्या देखिन थालेको छ । केही दिनयता बारम्बार समस्या देखिँदा यसले लगानीकर्तामा समस्या थपिएको छ ।

मेरो सेयर सफ्टवेयर नचल्दा लगानीकर्ताले बेचेको सेयर समयमै राफसाफ गर्न पाएका छैनन् भने सीडीएससीको समस्याले सिंगटी हाइड्रोको सेयर बाँडफाँड समेत धकेलिएको छ ।

सिडिएससिको सिस्टममा समस्या आएको कारण बाँडफाँट पछाडि धकेलिएको मेगा क्यापिटलले जनाएको छ ।

मेरो सेयर सिस्टम नचल्दा त्यसले लगानीकर्तालाई कालोसूचीमा पर्ने जोखिाम हुन्छ । नेप्सेले ठूलो खर्च गरेर तयार पारेको सिस्टमले भारवहन गर्न नसक्दा यस्तो समस्या दोहोरिएको हो ।

यता, सिंगटी हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओको बाँडफाँट अर्को साता मात्रै हुने भएको छ। अर्को साता बुधबारसम्ममा आइपीओको प्रि अलटमेन्ट सक्ने र शुक्रबार बाँडफाँट गर्ने योजना रहेको छ।

सबै डाटाहरु सिडिएससिकै सिस्टमबाट लिनुपर्ने भएकाले समस्या भएको हो ।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।

प्रकाशित : १९ चैत्र २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह