काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। कोष सञ्चालक समितिको चैत २१ गते बिहान बसेको बैठकले शेयरधनीलाई वितरणा गर्ने लाभांश प्रस्ताव गरेको हो।
कोषले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ९ प्रतिशत अर्थात २७ करोड रुपैयाँ बराबरको बोनस र कर सहित ८.८९४ प्रतिशत अर्थात २६ करोड ८६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश अर्थमन्त्रालयबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले वितरण हुनेछ ।
प्रतिक्रिया