Logo

Banner-news

सिभिल बैंक सुध्रिएकै हो त ? यस्तो छ प्रगति विवरण !


GDP Nepal
   ९ बैशाख २०७८, बिहिबार


काठमाडौं । सिभिल बैंकले निक्षेप संकलन र कर्जा प्रवाहमा उल्लेख्य वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको हो ।

बैंकका अनुसार गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढेको छ ।

बैंकले समीक्षा अवधिसम्मम ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो ।

सिभिल बैंकले यस आर्थिक वर्षमा निक्षेपतर्फ २७.७६ अर्व वृद्धि गरेको छ, जुनअसार मसान्तको निक्षेपको तुलनामा ४६ प्रतिशतको वृद्धि हो । बैंकको निक्षेपको वृद्धि अन्य वाणिज्य बैंकहरुको तुलनामा वृद्धि रकममा सातौं तथा प्रतिशत वृद्धिमा पहिलो स्थानमा रहेको छ ।

त्यसैगरि बैंकले कर्जातर्फ यस आर्थिक वर्षमा २७.६२ अर्ब वृद्धि गरेको छ । जुन असार मसान्तको कर्जाको तुलनामा ५१ प्रतिशतको वृद्धि हो । बैंकको कर्जाको वृद्धि अन्य वाणिज्य बैंकहरुको वृद्धिको तुलनामा वृद्धि रकममा दशौं तथा वृद्धि प्रतिशतमा पहिलो स्थानमा रहेको छ ।

तेस्रो त्रैमासको अन्तसम्म बैंकको ग्राहक संख्या ५ लाख ४१ हजार ९८२ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.७६ प्रतिशतले बढी हो । गतवर्ष यहीअवधिसम्म बैंकको ग्राहक संख्या ४ लाख ४२ हजार ४४२ थियो ।

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१.८१ प्रतिशतले घटाउन सफल भएको छ ।

गत वर्षको यही अवधिसम्म २.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर १.१३ प्रतिशतमा झरेको हो ।

बैंकले समीक्षाअवधिमा ५० करोड २५ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो।

प्रकाशित : ९ बैशाख २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह