Logo

Banner-news

नेपाल अन्तर्राष्ट्रिय निर्यात एक्स्पो प्रत्येक वर्ष, तयारीका लागि १५ करोड बजेट चाहियो !


GDP Nepal
   १२ बैशाख २०७८, आइतबार


काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल अन्तर्राष्ट्रिय निर्यात एक्स्पो प्रत्येक वर्ष गर्नुपर्ने माग गरेको छ । महासंघले यसको तयारीका लागि आगामी आर्थिक वर्षको बजेटमा १५ करोड रुपैयाँ विनियोजन गर्न पनि माग गरेको छ ।

महासंघले शनिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गर्दै एक्स्पोलाई सरकारको वार्षिक क्यालेण्डरमा राख्न माग गरेको हो । महासंघ अध्यक्ष तथा गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले २०२२ देखी हरेक वर्ष क्यालेण्डर बनाई नेपाल अन्तराष्ट्रिय निर्यात एक्स्पो आयोजना सुरु गर्नुपर्ने र यसको तयारीका निमित्त आगामी आवको बजेटमा १५ करोड रुपैयाँ विनियोजन गरिनु पर्ने माग गरेको जनाइएको छ ।

महासंघले अन्तर्राष्ट्रिय कुटनैतिक नियोगहरुलाई नेपाली वस्तुहरुको बजार प्रर्वद्धनका लागि व्यवसायको लक्ष्य तोकिनु पर्ने माग समेत गरेको छ । यस्तै, अन्तर्राष्ट्रिय मेलाहरुमा सहभागिताका लागि प्रत्येक वस्तुगत संघहरुको सहभागिता र प्राथमिकता रहेका मेलाका निमित्त १५ करोड बजेट विनियोजन गरिनु पर्ने माग पनि गरेको छ ।

महासंघले निर्यात व्यापारलाई प्रर्वद्धन गर्नको लागि निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्षलाई महावाणिज्य दूतका रुपमा नियुक्त गर्न समेत माग गरेको छ ।

प्रकाशित : १२ बैशाख २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह