Logo

Banner-news

ग्यास बिक्नै छाडेपछि व्यापारीले गराए अभावको हल्ला !


GDP Nepal
   १२ बैशाख २०७८, आइतबार


काठमाडौं । कोरोना संकट बढ्दै गएपछि होटल तथा रेष्टुरेन्ट चल्न छाडेका छन् । यसले गत वर्षको जस्तै एलपी ग्यासको बिक्री कम हुन थालिसकेको छ । गत वर्ष लकडाउनको सुरुमा ग्यास अभाव भए पनि त्यसलगत्तै लामो समयसम्म ग्यास बिक्री नै नहुँदा बोटलिङ प्लान्ट र व्यापारीको गोदाममा लामो समय ग्यास थन्किएर बसेको थियो ।

यस वर्ष पनि गत वर्षकै नियति दोहोरिने संकेत देखिएपछि एलपी ग्यास उद्योग संघले चलख्याइँ गर्दै अभाव हुनसक्ने हल्ला फैलाएको छ । नेपाल आयल निगमले भारतले तोकिदिएको कोटाअनुसार नेपालमा ग्यास बिक्री नहुने अवस्था रहेको भनिरहेका बेला संघले भने अभाव हुनसक्ने भएकाले घरमा सिलिण्डर भरिराख्न सार्वजनिक सूचना नै जारी गर्यो ।

ग्यास अभावमा चलखेल गर्ने उद्योगीले उपभोक्तालाई सजग गराएको घटना आफैंमा नौलो थियो । तर, निगमले भने यसलाई पनि चलखेलकै संज्ञा दिएको छ । निगमका अधिकारीहरु अभावको हल्ला चलाएर ग्यास बेच्ने दाउमा उद्योगी रहेको यसले पुष्टि गरेको बताउँछन् ।

एलपी ग्यास उद्योग संघको विज्ञप्तीसँगै यतिबेला बजारमा ग्यास अभाव हुने आशंका फैलिए पनि अहिलेसम्म स्थिति सहज नै छ । बजारमा आपूर्ति व्यवस्था असहज नभए पनि भविष्यमा हुनसक्ने भन्दै शुक्रबार नेपाल एलपी ग्यास उद्योग संघले सर्वसाधारणलाई खाली सिलिन्डर ग्यास भर्न आग्रह गरेको थियो ।

एलपी ग्यास उद्योग संघले यस्तो आग्रह गरिरहँदा नेपाल आयल निगम भने बजारमा ग्यास अभावको कुनै सम्भावना नरहेको बताउँछ । निगगमले देशव्यापी लकडाउन भए पनि बजारमा ग्यासको अभाव नहुने प्रष्ट पारेको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले लकडाउन भएपनि आम उपभोक्ताले ग्यास अभावको समस्या नआउने जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो २ महिना बजार मागभन्दा दोब्बर ग्यास आयात भएको छ ।

निगमका अनुसार हाल नेपाली बजारमा ग्यासको माग दैनिक १ लाख सिलिण्डर हो, पछिल्लो २ महिना दैनिक २ लाख सिलिन्डर ग्यास आयात भइसकेको छ ।

अहिले नेपालमा भएका सबै ग्यास प्लान्ट भरिभराउ रहेको उनको भनाइ छ भने ग्यासका बुलेटहरू भन्सार जाँचपास भएर नेपाल भित्रिरहेका छन् ।

प्रकाशित : १२ बैशाख २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह