Logo

बैंक / बिमा /शेयर

सानिमा बैंकद्वारा अन्तरिक्ष प्रतिष्ठान नेपालका टोलीलाई ५ लाख छात्रवृत्ति


GDP Nepal
   २१ बैशाख २०७८, मंगलबार


काठमाडौं । सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई पाँचलाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपालको विद्यार्थीहरुबाट नेपालमै निर्मित पहिलो स्याटलाइट नेपालस्याट टू अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठान नेपालले सरकारी (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ ।

टोलीलाई नेपालकापहिलो अन्तरिक्ष नेपालस्याट वान्को निर्माण÷प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा. आभास मास्केले ड्रिम प्रोजेक्टको रुपमा नेतृत्व गर्दै आएका छन् । कक्ष ा१० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन् २०२३ सम्म नेपालस्याट टू विद्यालय नामक स्याटलाइट निर्माणका लागि एउटा टिम निर्माण गर्नेछन् ।

जस अन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसमा संलग्नदुई जनालाई अन्तरिक्ष निर्माण÷प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरुप छात्रवृत्तिको प्रदान गरेको छ ।

देशभित्र विज्ञान तथाप्रविधिको अनवेषण तथाविकासको लागि सहयोग स्वरुपअन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापकडा.आभास मास्केलाई सो रकमउपलब्ध गराइएको छ ।

अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा. मास्केले बताए ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले काठमाडौं उपत्यका बाहिरका विपन्न तथा योग्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशभर ८६ शाखाहरु, १७विस्तारित काउन्टर र ९६ एटिएम रहेका छन् ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह