Logo

Banner-news

कोभिडबारे ‘अजासु’ ओलीद्वारा आत्मसमर्पण, भाइरल बन्यो गगन थापासँगको प्रश्नोत्तर !


GDP Nepal
   ३ जेष्ठ २०७८, सोमबार


काठमाडौं । नेपालमा कोभिड संक्रमण सुरु भएलगत्तै अनावश्यक टिप्पणी गरेर चर्चामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिबारे विभिन्न टीकाटिप्पणी भए । विज्ञ तथा चिकित्सकहरुले उनका अभिव्यक्तिप्रति टिप्पणीमात्र गरेनन्, यस्ता अभिव्यक्तिलाई पत्याएर कोभिडलाई कमजोर नठान्न सजग पनि गराए ।

तर, अजासु (अति जान्ने सुन्ने) स्वभावका प्रधानमन्त्री टसमस भएनन् । कोभिडविरुद्ध रोग प्रतिरोधक क्षमता बढाउन कहिले बेसार पानी खानुपर्ने त कहिले अम्बाको पातले गार्गिल गर्नुपर्ने उनका अभिव्यक्ति तथा नेपालीको प्रतिरोधात्मक क्षमता बढी छ भन्ने आधार पुष्टि गर्न संसदमा गगनकुमार थापाले दिएको चुनौतीलाई आफूले बोलेपछि सकियो भनेर मपाइँत्व देखाइरहेका प्रधानमन्त्री ओली अन्ततः गलेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालमा कोरोनाभाइरस सङ्क्रमण यो तहसम्म बढ्छ भन्ने आफूले नठानेको बताएका छन् । आइतबार एक सामूहिक छलफलका क्रममा उनले नेपालमा यस रूपमा कोभिड बढ्छ भन्ने नसोचेको बताए ।

प्रधानमन्त्रीले भनेका छन्, यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ। मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम ९प्रतिरोध प्रणाली० धेरै बलियो छ त्यसकारण अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो लागेको थियो। तर यस तहमा वृद्धि भयो।

प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिसँगै उनले संसदमा कांग्रेस सांसद गगन थापासँग गरेको सवालजवाफ जोडिएको भिडियो अहिले निकै भाइरल भएको छ । जसमा उनको मपाइँत्व प्रष्ट देखिन्छ ।

कोरोनाबारे प्रधानमन्त्रीका अफवाह यस्ता थिए
भाइरसमा बोसिय, फ्याटिय तत्व हुन्छ, तातोपानी अथवा मनतातोपानीले धोएपछि समाप्त हुन्छ ।

कोरोना भनेको रुघाखोकीजस्तै हो । लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ ।

कोरोना भाइरस नाकमा आयो भने सिनित्तै फ्यालिदिनुपर्छ, केही गरी घाँटीमा पुगिहाल्यो भने खाकखुक गर्नुपर्छ, खोकेर फाल्नुपर्छ ।

हाम्रो भान्सामा बेसार, लसुन, प्याज र टिमुर हुन्छ, त्यसले प्रतिरोधी क्षमता बलियो बनाउँछ, कोरोनाले हामीलाई केही गर्दैन ।

नेपालीको प्रतिरोधी क्षमता बलियो छ भनेर कसले भनेको भनेर सोध्नुभयो, मैले भनेको, मैले । भर्खरै सुन्नुभएन । मैले भनेको हो ।

हावापानीले पनि हाम्रो क्षमता बलियो बनाएको छ । मरूभूमिजन्य ठाउँहरूबाट तातो हावा आयो भने हिमालको नजिक पुग्नुभन्दा पहिला त्यो चिसो भइसक्छ । कायल भइसक्छ 

अन्य बिमारीका जटिलताले केही मान्छेको निधन भएको छ, तर विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कोरोनाले भएको भन्ने मान्नुपर्ने अवस्था छ ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह