Logo

Banner-news

हाइड्रोपावरमा झुम्मिए लगानीकर्ताः नेप्से बढ्यो, कारोबार साढे ९ अर्बको !


GDP Nepal
   ३ जेष्ठ २०७८, सोमबार


काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार २० अंकले बढेर २७५९.२२ विन्दुमा पुगेको छ । आइतबार ५४ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको नेप्से सूचकले सोमबार पनि नयाँ रेकर्ड बनाएको हो।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार ९ अर्ब ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यसअघि आइतबार १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

सोमबार २१८ कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँमा खरिदबिक्री भएको छ।

नेप्सेमा सोमबार हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य बढ्दा उक्त उपसमूहको सूचक सबैभन्दा धेरै २.५२ प्रतिशतले बढेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ३ उपसमूहको सूचक नकारात्मक देखिएको छ। रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

सोमबार पनि नेपाल पुनर्बीमा कम्पनी उच्च कारोबार हुने कम्पनीको पहिलो स्थानमा छ। यस दिन पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेपाल दूरसञ्चार कम्पनीको ४२ करोड ६९ लाख, शिखर इन्स्योरेन्सको ३१ करोड ७९ लाख, अरुण कावेली पावरको २५ करोड र अपर तामाकोशीको २१ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह