Logo

अर्थनीति

कतार विश्वकै धनी, दक्षिण अफ्रिका- हैटी र होन्डुरस गरिबीको सूचिमा


appharu
   २२ असार २०७५, शुक्रबार


काठमाडौं । प्रतिव्यक्ति आयका आधारमा कतार विश्वकै धनी रहेको प्रतिवेदन सावैजनिक भएको छ । यस्तै, दक्षिण अफ्रिका हैटी र होन्डुरस गरिबीको सूचिमा छन् ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का आधारमा प्रतिव्यक्ति आयको तुलना गर्दा यस्तो अवस्था देखिएको हो ।

विश्व बैंकका अनुसार जीडीपीका आधारमा अमेरिका र चीन विश्वकै ठूलो अर्थव्यवस्था भएका मुलुक हुन् ।

तर, जीडीपीलाई प्रतिव्यक्तिमा भाग लगाउँदा विश्वका सर्वाधिक धनी मुलुकमा लक्जेमवर्ग, स्वीजरल्यान्ड तथा मकाउ पर्छन्, तर क्रयशक्ति समता (पीपीपी) लाई आधार मान्ने हो भन भने कतार, मकाउ लक्जेम्बर्गपछि सिंगापुर, ब्रुनाई तथा कुवेत सर्वाधिक धनी देश रहेका छन् ।

यी देशपछि धनी मुलुकका रूपमा नर्वे, आयरल्यान्ड तथा स्वीजरल्यान्ड रहेका छन् ।

तेल र प्राकृतिक ग्यासको विशाल भण्डार रहेको देश कतार सर्वाधिक धनीको सूचीमा पहिलो स्थानमा रहेको छ ।

विगतमा प्रतिव्यक्ति आयका रूपमा कतार लगातार विश्वकै धनी देश रहँदै आएको छ । यद्यपि २०१३ र २०१४ मा मकाउ कतारभन्दा धनी देश भएको थियो ।

मकाउको अर्थव्यवस्था विशेष गरी पर्यटन र क्यासिनोमा निर्भर रहँदै आएको छ ।
गरिब र धनीको मापन गर्ने एउटा माध्यम गिनी को–इफिसियन्ट हो । यसका आधारमा विश्वकै बैंकले दक्षिण अफ्रिका, हैटी तथा होन्डुरस विश्वका सर्वाधिक असमानता रहेका मुलुकमा परेका छन् ।

असमानताको मामिलामा यी मुलुकपछि कोलम्बिया, ब्राजिल, पानामा, चिली तथा रुवान्डा, कोस्टारिका तथा मेक्सिको रहेका छन् ।

प्रकाशित : २२ असार २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह