Logo

Banner-news

कोभिड प्रभावित करदाताले पाए सवा २ अर्ब छुट, ऋणीलाई १० अर्ब २१ करोड !


GDP Nepal
   १४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौं । कोभिड–१९ महामारीबाट प्रभावित ५ लाख २० हजार ३ सय ३९ करदाताले वार्षिक कारोवारको आधारमा आय वर्ष २०७६/७७ मा लाग्ने आयकरमा २ अर्ब १९ करोड ६२ लाख छुट सुविधा पाएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार सवा ५ लाख करदाता यो अफरबाट लाभान्वित भएका छन् ।

यस्तै, कोभिड–१९महामारीले उद्योग व्यवसायमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूले मासिक ब्याज रकममा आधार दर भन्दा कम नहुने गरी १० प्रतिशत र २०७६ चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत बिन्दुले कम हुने गरी छुट दिइएकोमा यसबाट ऋणीहरूले गत असारसम्ममा करिब १० अर्ब २१ करोड ६६ लाख छुट सुविधा प्राप्त गरेका छन् ।

यता, कोभिड–१९ महामारीका कारण अर्थतन्त्रका सबै क्षेत्रलाई प्रभावित बनाएको पाइएको छ । पहिलो लहरबाट तंग्रिन थालेको अर्थतन्त्रमा दोस्रो लहरले गम्भीर संकटमा डो¥याएको सर्वेक्षणमा उल्लेख छ ।

कोभिड महामारीबाट प्रभावित सामाजिक सुरक्षा कोषमा आबद्ध प्रतिष्ठानमा कार्यरत श्रमिकको गत आर्थिक वर्षको अन्तिम ४ महिनाको श्रमिक तथा रोजगारदाताको तर्फबाट जम्मा गर्नुपर्ने योगदान रकम १ अर्ब ३ करोड २४ लाख ६ हजार नेपाल सरकारले सामाजिक सुरक्षा कोषमा भुक्तानी गरेको छ ।

नयाँ वर्ष २०७८ को शुरुवातसँगै फैलिएको कोभिड–१९ को दोस्रो लहरले क्रमशः गतिशील बन्दै गएको अर्थतन्त्रमा पुनः चुनौति र जोखिम बढाइदिएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित : १४ जेष्ठ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह