Logo

Banner-news

स्वास्थ्यमा १ खर्ब २२ अर्ब बजेट, कोरोना खोपलाई २६ अर्ब ७५ करोड


GDP Nepal
   १५ जेष्ठ २०७८, शनिबार


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ ।

स्वास्थ्य क्षेत्रका लागि आगामी आवमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै, कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडलले आर्थिक वर्ष २०७८–७९ का लागि बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् ।

प्रतिनिधिसभा विघटनका कारण सरकारले यस वर्ष अध्यादेशमार्फत बजेट ल्याएको छ ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह