Logo

Banner-news

बजेटमा पपुलिष्ट कार्यक्रमको बाढी, चुनावी आचारसंहित उल्लंघन !


GDP Nepal
   १५ जेष्ठ २०७८, शनिबार


काठमाडौं । चुनावी सरकारको बजेटमा पपुलिष्ट कार्यक्रम समावेश गरिएका छन् । जसमा सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको छ । यस्तै, वृद्ध भत्ता बढाएर ४ हजार पुर्याइएको छ ।

स्नातक तहसम्मको प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण लिन सकिने व्यवस्था गरिएको छ ।

विद्यार्थीले ल्यापटप किन्न एक प्रतिशत ब्याजमा दुई वर्षसम्मका लागि ८० हजारसम्म सहुलियत ऋण पाईने भएको छ ।

यस्तै, विद्युत महशुलमा छुट, सरकारी कम्पनीबाट खाद्यान्न र ग्यास किन्नेलाई २० प्रतिशत छुटको व्यवीथा गरिएको छ ।

अक्सिजन उद्योगलाई विद्युत छुट तथा कोभिडसँग सम्बन्धीत मेडिकल र औषधि सामग्री आयातमा कर छुट दिइएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार पेश गरेको बजेटमा यस्तो उल्लेख छ ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह