काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।
सरकारले विनियोजन गरेको बजेटमा साधारणतर्फ ६ खर्ब ७८ अर्ब रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब रहेको छ ।
बजेटका लागि स्रोत व्यवस्थापनतर्फ राजस्व १० खर्ब २४ अर्ब ९० करोड उठाउने लक्ष्य राखिएको छ । सरकारले ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेको छ ।
३ खर्ब ९ अर्ब विदेशी ऋण लिने र २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिने जनाएको छ ।
अर्थमन्त्री विष्णु प्रसाद पौडलले आर्थिक वर्ष २०७८–७९ का लागि शनिबार बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् ।
प्रतिनिधिसभा विघटनका कारण सरकारले यस वर्ष अध्यादेशमार्फत बजेट ल्याएको छ ।
प्रतिक्रिया