Logo

Banner-news

केपी ओलीले आपूर्ति मन्त्रालय सम्हालिरहँदा फेरि बढ्यो पेट्रोलको भाउ


GDP Nepal
   २२ जेष्ठ २०७८, शनिबार


काठमाडौं। मुलुकमा केही महिनायता पेट्रोलियम पदार्थको भाउ निरन्तर बढिरहेको छ । नेपाल आयल निगमले निषेधाज्ञामै दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हालिरहेका बेला इन्धनको मूल्य बढेको हो । स्वचालित मूल्य प्रणाली भनिए पनि निगमले भाउ बढाउने निर्णय गर्दा विभागीय मन्त्रीको स्वीकृति लिने गर्दछ । ओलीको समर्थनपछि नै इन्धनको मूल्य बढेको हो ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाएको हो।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १०८ र आन्तरिक उडानतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगको छ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा पाँच रुपैयाँ ३२ पैसा, डिजलमा तीन रुपैयाँ १७ पैसा, खाना पकाउने एलपी ग्यासमा २५८ रुपैयाँ ४६ पैसा घाटा हुने जनाइएको छ।

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह