Logo

Banner-news

निषेधाज्ञाले किसानलाई सास्तीः मल, बीउ, विषादी र कृषि औजार किन्नै सकस !


GDP Nepal
   २ असार २०७८, बुधबार


भुवन थापा (सिन्धुली): निषेधाज्ञाले सार्वजनिक सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् भने बजार पनि सीमित समय मात्र खुल्ने गरेका छन् । जसको प्रत्यक्ष मारमा सिन्धुलीका किसान परेका छन् ।

जिल्लाका विभिन्न क्षेत्रबाट कृषिजन्य सामग्री खरिदका लागि सदरमुकाम सिन्धुलीमाडी आइपुगेका किसानले पालो कुर्नुपर्ने बाध्यता छ । कृषिजन्य सामग्री पसल ग्रामीणस्तरमा नभएको र सदरमुकाम सहित केही ठूला बजारमा सीमित संख्यामा भएकाले किसानले निषेधाज्ञाका बीच सास्ती बेहोर्दै लामो यात्रा गर्नुपर्ने बाध्यता छ ।

सिन्धुलीमाडीस्थित कमलामाई भेट सप्लायर्समा किसानको भीड । तस्बिरः भुवन थापा

मानो रोपेर मुरी कमाउने महिना असारमा किसानले यसरी मल, बीउ, विषादी र कृषि औजार खरिदका लागि दुःख पाए पनि स्थानीय तहले सहजीकरण नगरिदिँदा किसानको श्रम, समय र पुँजी यसरी खेर गइरहेको छ ।

सिन्धुलीमा जारी निषेधाज्ञाका कारण यसअघि १० बजेसम्म सबै पसल खोल्न पाइने भए पनि हाल केही खुकुलो बनाउदै १२ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

जसका कारण पसलमा ग्राहकको भीडभाड नै भए पनि १२ बजेपछि धमाधम सटर बन्द गर्नुपर्ने अवस्था छ ।

१२ बजेसम्म खुल्ने त्यसपछि बन्द गर्नुपर्नेको औचित्य स्थानीय प्रशासनले पुष्टि गर्नुपर्ने स्थानीयहरुको माग छ ।

प्रकाशित : २ असार २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह