Logo

Banner-news

धितोपत्र बोर्ड परिपक्व नभएको सीएनआईको टिप्पणी, अर्थमन्त्रीसमक्ष गुनासो


GDP Nepal
   ४ असार २०७८, शुक्रबार


काठमाडौं । धितोपत्र बोर्डले लगानीका लागि जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको तरंग निजी क्षेत्रसम्म पुगेको छ ।

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले धितोपत्र बोर्डले यसरी सूची सार्वजनिक गर्दा संवेदनशील हुन नसकेको टिप्पणी गरेको छ । परिसंघले अर्थमन्त्री विष्णु पौडेलसमक्ष यस विषयमा गुनासो गरेको हो ।

बोर्डले हालै लगानीका लागि जोखिमयुक्त भन्दै सूचीकृत कम्पनीको सूची सार्वजनिक गर्दा लगानीकर्ताको मनोबल घट्न गइ समग्र पुजीँ बजारमा नकारात्मक सन्देश प्रवाह भएको परिसंघको भनाइ छ ।

बिहीबार अर्थमन्त्रीसँगको भेटमा सीएनआईले यस्ताखाले संवेदनशील विषयमा नियमनकारी निकायले परिपक्व भूमिका खेल्नुपर्नेमा जोड दिइएको जनाएको छ ।

प्रकाशित : ४ असार २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह