Logo

Banner-news

नेप्से परिसूचक ६३ अंकले घट्यो, कारोबार भने १२ अर्ब


GDP Nepal
   ६ असार २०७८, आइतबार


काठमाडौं । सेयर बजार परिसूचक नेप्से आइतबार ६२.९७ अंकको ओरालो लागेको छ। बजार परिसूचक ओरालो लागे पनि यस दिन ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

धितोपत्र बोर्डले एक साताअघि ‘जोखिमयुक्त कम्पनी’को सूची सार्वजनिक गरेसँगै त्यसको प्रत्यक्ष असर बजारमा परेको हो । आइतबार। २३२ कम्पनीहरुको कारोबार हुँदा १७ कम्पनीको मूल्य मात्रै बढेको छ भने अरु २१५ कम्पनीको मूल्य घटेको छ।

आइतबारको गिरावटपछि बजारको परिसूचक २९०५ अंकमा कायम भएको छ। जलविद्युत समूह १०१ अंकले घटेको छ। बैंकिङ ३५, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १६५, फाइनान्स ८०, निर्जीवन बीमा २७९, उत्पादन १४९, अन्य ५१, माइक्रोफाइनान्स ११७ र जीवन बीमा समूह ३१० अंकले घटेका छन्।

यस दिन युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ८।८ प्रतिशतले घटेको छ। बरुण र नेपाल हाइड्रो डेपलपरको मूल्य ८।७ प्रतिशतले घटेको छ।

खानीखोला हाइड्रो, घलेम्दी हाइड्रो, सिइडिबी हाइड्रोको मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ।

यस दिन कुमारी बैंकको संस्थापक समूहको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशतले बढेको छ। त्यस्तै गोर्खा फाइनान्सको मूल्य ८ प्रतिशतले बढेको छ भने नेसनल हाइड्रोको मूल्य ३ प्रतिशतले बढेको छ।

त्यसपछि बुधबार ५२ अंकले झरेको बजार बिहीबार १ अंकले मात्र घटेको थियो ।

प्रकाशित : ६ असार २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह