Logo

Banner-news

निषेधाज्ञा खुकुलोसँगै सेयर कारोबार घट्यो, अपर तामाकाशीको मूल्य किन बढ्यो ?


GDP Nepal
   १० असार २०७८, बिहिबार


काठमाडौं । निषेधाज्ञा खुकुलोसँगै सेयर कारोबार पनि घटेको छ । निषेधाज्ञा खुकुलो भएका कारण आम लगानीकर्ता आफ्नो कार्यक्षेत्रमा फर्किंदा कारोबार रकम घटेको हो ।

साताको अन्तिम दिन बिहीबार बजार परिसूचक नेप्से घट्ने गतिमा केही कमी आए पनि कारोबार रकम भने ठूलो परिमाणमा कम भएको छ । बिहीबार नेप्सेमा १६ अंकको गिरावट आयो भने कारोबार रकम पनि ७ अर्ब रुपैयाँमा सीमित भयो ।

बिहीबारको कारोबार रकम पछिल्लो डेढ महिनाकै कम हो। यसले एकातर्फ घट्दो बजारमा सेयर बिक्री गर्न नचाहने लगानीकर्ताको मनोविज्ञान तथा अर्कोतर्फ दैनिकी सामान्य बन्दै गएसँगै लगानीकर्तामा फुर्सद नहुँदा किनबेचमा पनि कमी आएको जानकारहरु बताउँछन् ।

बिहीबारको कारोबारमा माथिल्लो तामाकोशीको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । एक दशक पूरा हुँदा पनि आयोजनाबाट विद्युत् उत्पादन हुन नसकेको तथा प्रारम्भिक लागतभन्दा दोब्बरले पनि आयोजना बन्न नसक्ने अवस्था उत्पन्न भइरहँदा यसको मूल्य बढ्नुलाई भने आश्चर्यका रुपमा हेरिएको छ ।

बिहीबार सामान्य ओरालो लागेकाले कतिपय विश्लेषकले यसलाई लगानीकर्ताको ‘पर्ख र हेर’को अवस्था भनेर टिप्पणी गरेका छन् । यसअघि ७१ अंकसम्मले बजार घटेकोमा बिहीबार भने १६ अंक मात्रैले कमी आएको छ ।

नेप्सेमा रहेका १३ समूहमध्ये २ वटा बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

प्रकाशित : १० असार २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह