Logo

अर्थनीति

डा. केसीविरुद्ध ओली झन् कठोर, दुई तिहाईको अहमता नदेखाउन विज्ञहरुको चेतावनी


appharu
   २५ असार २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अनसनरत चिकित्सक गोविन्द केसीप्रति झन् कठोर देखिएका छन् । नेकपाको संसदीय दललाई संशोधन गर्दै उनले केसी र उनको समर्थन गर्ने प्रतिपक्षी नेपाली कांग्रेसको सामना गर्न सांसदहरुलाई निर्देशन दिए ।

 

“विधि, विधान, कानून संसद्ले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसद्मा थपडी ठोक्ने हो ?” प्रधानमन्त्रीले भने, “काठमाडौँमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जःता कुरा व्यवहारिक छैनन् ।” उनले कुन विषयमा कति कलेज आवश्यक छ त्यसको अध्ययन गरेर आवश्यकताअनुसार कलेजलाई सम्बन्धन दिइने बताए ।

संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीतिअनुसार नै भएको प्रधानमन्त्री ओलीको जिकिर थियो ।उनले ऐनको बचाउ गर्दै भने, “सरकारले आफ्ना नीतिअनुसारका ऐन ल्याउँछ यसमा के अनौठो भयो र ?”

 

नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिएर विदेश पठाउनुपर्ने, हजारौँ विगाहा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पताललाई कलेज बनाउन रोक्न नमिल्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

 

यता, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले चिकित्सा शिक्षा अध्यादेश हुबहु पास गर्नुपर्ने बताएका । उनले भने,‘डाक्टर केसीले उठाएका माँगहरु जायज छन्, म उहाँले उठाएका मागहरुको समर्थन गर्छु, अध्यादेश हुबहु पास गर्नुपर्छ, गोविन्द केसी व्यक्तिमात्रै होईन संस्था हुनुहुन्छ ।’

देशका दुरदराजमा गंगालाल, वीर, टिचिङ अस्पतालका सेवा पुर्याउने माग गलत हो र ? भन्दै उनले प्रश्न गरे ।

 

‘अब काठमाडौं उपत्यकामा थप मेडिकल कलेज खोल्न हुँदैन भन्ने मेरो धारणा हो, यो विषयमा मेरो सँधै एउटै धारणा हुन्छ, ०६३ साल माघ ११ गते काठमाडौं उपत्यकामा मेडिकल कलेज अब खोल्नुहुँदैन भनेर यो मुद्दा मैले उठाएको हो, केसीजीले गाउँका दुरदराजका जनताले स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने माँग जायज छ, हामी सबै पक्षमा छौं,’ रिपोर्टर्स क्बलमा उनले भने ।

 

सरकारले दुई तिहाईको अहमता देखाएर प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरेको उनको गम्भिर आरोप छ ।

उनले भने,‘म डाक्टर केसीले उठाएका माग र मुद्दामा पूर्ण समर्थन छ, अध्यादेशलाई तोडमोड गरेर ल्याईएको विद्येयक हुबहु आयो भने यसले विकृति जन्माउँछ ।’

प्रधानमन्त्री, गृहमन्त्री र शिक्षा मन्त्रीको अभिव्यक्तिले मुलुकमा द्धन्द्ध निम्त्याउने समेत उनको गुनासो छ।

प्रकाशित : २५ असार २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह