Logo

Banner-news

युनियन लाइफको साढे ६४ लाख कित्ता आईपीओ असार २४ गतेदेखि


GDP Nepal
   १६ असार २०७८, बुधबार


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले असार अन्तिम साता साधारण सेयर जारी गर्दैछ । कम्पनीले असरा २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने जनाएको छ। आर्इपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ।

युनियन लाइफले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको जनाएको छ । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ।

कम्पनीको सेयरका लागि सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सकिने भए पनि यसका लागि १० कित्तामात्र आवेदन दिनु उचित हुने जानकारहरु बताउँछन् । आईपीओको निष्काशन तथा बिक्री प्रवन्ध भने प्रभु क्यापिटल लिमिटेडमार्फत हुनेछ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ। आईपीओ निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित : १६ असार २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह