Logo

Banner-news

मनकामना स्मार्ट लघुवित्त आईपीओमा ३६ गुणा बढी आवेदन, सोमबारसम्म आवेदन दिन पाइने !


GDP Nepal
   १८ असार २०७८, शुक्रबार


असार १८, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओमा मागभन्दा ३६ गुणा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रवार बिहान १०स्३० बजे सम्ममा ९ लाख ९६ हजार ३३८ जना आवेदकबाट १ करोड ३३ लाख ४७ हजार २२० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले असार १७ गतेदेखि ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीहरुको लागि, १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरेको र बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा असार २१ र ढिलोमा असार ३१ गतेसम्म रहेको छ ।

आवेदकले न्यूनतम १० कित्ता रअधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी डबल बि माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा माध्यम मात्रामा सुरक्षित देखाउँछ ।

आईपीओ निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् । साथै आवेदकले मेरोशेयर सफ्टवेयरमार्फत पनि पनि आवेदन दिन सक्नेछन् ।

 

प्रकाशित : १८ असार २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह