Logo

Banner-news

एक लाख ८४ हजारले पाए जीवन विकास लघुवित्तको सेयर, १९ लाखको हात खाली !


GDP Nepal
   २३ असार २०७८, बुधबार


काठमाडौं । जीवन विकास लघुवित्तले सर्वसाधारणका लागि जारी गरेको आईपीओ १ लाख ८४ हजारलाई परेको छ । बुधबार गरिएको बाँडफाँट अनुसार १९ लाख २ हजार ५१६ आवेदकको हात खाली भएको छ ।

एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको जीवन विकासको सेयरका लागि असार ११ देखि १५ गतेसम्म बिक्री खुला गरिएको थियो। कम्पनीले एक सय अङ्कित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो।

एनएमबिका अनुसार संस्थाको आइपिओमा २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये ६९ हजार नौ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँट गरेको थियो।

पाँच जना भाग्यशाली आवेदकले ११ कित्ता शेयर पाएका छन्।

त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो।

प्रकाशित : २३ असार २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह