Logo

Banner-news

युनियन लाइफको आइपीओ खुल्यो, शंकर र गोल्छा ग्रुपको मुख्य लगानी !


GDP Nepal
   २४ असार २०७८, बिहिबार


काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले बिहीबारबाट आइपीओ बिक्री खुला गरेको छ । वित्तीय सूचकहरु निकै राम्रो रहेको यो कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो ।

युनियनको आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई छुट्याइएको छ भने त्यति नै बराबर म्युचुअल फन्डका लागि छुट्याइएको छ ।

सर्वसाधारणले यसबाट बाँकी रहेको ५८ लाख ५ हजार कित्ताका लागि मात्र आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ताका लागि आवेदन दिन सकिने भए पनि १० कित्तामात्र आवेदन गर्नु उचित हुने जानकारहरु बताउँछन् ।

हालको व्यवस्थाअनुसार लगानीकर्तालाई १० कित्ता उपलब्ध गराएर गोलाप्रथा गरिँदा ५ लाख ८० हजार ५०० लगानीकर्ताले यो आइपीओ पाउने छन् ।

असार २८ गतेसम्म आवेदन दिन सकिने यस आईपीको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।
इक्रा नेपालले ‘आइआर बीबीबी’ रेटिङ दिएको कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको र यो रेटिङ अवधि सन् २०२२ मे १६ सम्म रहने जनाइएको छ ।

युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ जारी पुँजीमध्ये १ अर्ब ५० करोड ५० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसके र अपुग ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागिएको हो ।

आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । आइपीओ बिक्रीपछि कम्पनीमा संस्थापक हिस्सा ७० प्रतिशत र सर्वसाधारण हिस्सा ३० प्रतिशत हुनेछ ।

कम्पनीले चालू आवमा ८ करोड ९५ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस अवधिसम्ममा प्रतिसेयर आम्दानी ४ रुपैयाँ १७ पैसा पुग्ने प्रक्षेपण छ ।

यस आर्थिक वर्षको अन्त्यसम्ममा यस इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा र आगामी आवमा १४२ रुपैयाँ ७५ पैसा पुग्ने अनुमान रहेको छ ।

कम्पनीमा शंकर ग्रुप, गोल्छा अर्गनाइजेसनको मुख्य लगानी रहेको छ ।

प्रकाशित : २४ असार २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह