काठमाडौं । सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट छुटको सुविधा हटाएको विरोधमा मुलुकका २५० कपडा उद्योग बन्द भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट र आर्थिक ऐनमार्फत भ्याट फिर्ता तथा छुटको नीति एकमुष्ट रुपमा हटाएपछि कुनै सुविधा दिन नसकेको तथा कर छलेर आउने विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै यी उद्योग बन्द भएका हुन्…