काठमाडौँ । आफ्नो पेसा वा व्यवसायका माध्यमबाट देश र समाजलाई उल्लेखनीय उोगदान पुर्याएका व्यक्ति, संस्था वा समूहलाई प्रदान गरिने गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड यसवर्षका लागि आह्वान गरिएको छ । रोटरी डिस्ट्रिक ३२९२ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा रु २० लाख राशिको सो पुरस्कार यस वर्ष पानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रमा प्रदान गरिने जानकारी दिइयो…