वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिर महिनाका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटेको छ । मंसिरका लागि बैंकहरुको औसत ब्याजदर घटेर ९.६३ प्रतिशत कायम भएको छ । कात्तिक महिनाको तुलनामा बैंकहरुले ०.३३ प्रतिशतले ब्याजदर घटाएका छन् । कात्तिकमा बैंकहरुको औसत ब्याजदर ९.९६ प्रतिशत…