Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ११ अंकले घट्यो नेप्से


GDP नेपाल
   २३ कार्तिक २०८०, बिहिबार


बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ११.८५ अंकले घटेर एक हजार ८५२.०८ विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक १५, फाइनान्स २१, जलविद्युत् १६, जीवन बीमा १०१, माइक्रोफाइनान्स २८, उत्पादन १२, व्यापार उपसमूह ३, अन्य २२, निर्जीवन बीमा उपसमूह ३९ र होटल तथा पर्यटन ३९ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल र नेपाल एसबीआई बैंकको सेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सयपत्री हाइड्रोपावरको सेयर सात प्रतिशतले बढेको छ ।

यस दिन २८२ कम्पनीको २८ लाख ३३ हजार कित्ता सेयर ८३ करोड ६० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको सात करोड ७० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

 

प्रकाशित : २३ कार्तिक २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह