चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सोल्टी होटलले १० करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको यसै अवधिको तुलनामा होटलको नाफा ८.६२ प्रतिशतले घटेको हो । गत वर्ष होटलले ११ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो ।
असोज मसान्तसम्म होटलले व्यवसायबाट कुल ३९ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा ३.२८ प्रतिशतले थोरै हो । गत वर्ष होटलले ४१ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, होटलको सञ्चालन आम्दानी पनि १२ करोड ६८ लाख रुपैयाँबाट घटेर ११ करोड ९५ लाख रुपैयाँमा झरेको छ ।
होटलको चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ३२ करोड रुपैयाँ छ । होटलको प्रतिसेयर आम्दानी १ रुपैयाँ १६ पैसामा रहेको छ ।
प्रतिक्रिया