Logo

बैंक / बिमा /शेयर

एसियन बैंकका सिइओलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह


GDP नेपाल
   २३ कार्तिक २०८०, बिहिबार


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एसियन मुलुकका बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूलाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

आज काठमाडौंमा भएको ३९औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एण्ड कन्फरेन्समा मन्त्री महतले नेपालको ऊर्जा क्षेत्रमा ठूलो सम्भावना रहेको भन्दै जलविद्युतमा लगानी गर्न आग्रह गरेका हुन् ।

महतले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्नेलाई सरकारले पूर्ण सहयोग गर्ने र लगानीकर्ताको सुरक्षा गर्ने प्रतिबद्धता जनाए ।

उनले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य र त्यसमा सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने उल्लेख गरे ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह