Logo

अन्तर्वार्ता

ठूला ऋणीले ऋण थप्दै जाँदा अर्थव्यवस्था नै समस्यामा: पूर्व कार्यकारी निर्देशक निरौला


GDP नेपाल
   २४ कार्तिक २०८०, शुक्रबार


काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले देशको अर्थव्यवस्थामा सुधारको खाँचो रहेको बताएका छन्। केही ठूला व्यवसायीले लिएको ऋण समयमै भुक्तानी नहुने तर थपिँदै जाने प्रवृृत्तिले गर्दा अर्थव्यवस्थालाई गम्भीर नकारात्मक असर परिरहेको केन्द्रीय बैंकका प्रवक्ता समेत रहीसकेका निरौलाले बताए।

उनले आयातमुखी अर्थतन्त्रमा नै रमाईरहँदा देशको आन्तरिक उत्पादन तहसनहस भएको बताएका छन्।

नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै पूपूर्व कार्यकारी निर्देशक निरौलाले आयातमुखी अर्थतन्त्रमा नै रमाईरहँदा देशको आन्तरिक उत्पादन तहसनहस भएको भन्दै आन्तरिक उत्पादनलाई बढाउँदै हाल उपलव्ध श्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।

‘हाम्रो अर्थतन्त्रमा संरचनात्मक समस्याहरु छन्। जब हाम्रो अर्थतन्त्र आयातमुखी अर्थतन्त्रको रुपमा विकास गर्दै गयौं। जानेर नजानेर अथवा हामीसँग क्षमता कम भएर अथवा जुनसुकै परिस्थिति भएपनि हामीले अर्थतन्त्रलाई आयातमुखी अर्थतन्त्रको रुपमा विकास गर्यौं।’

उनले भने,‘आयातमुखी अर्थतन्त्रको रुपमा विकास गरेपछि बजारमा बस्तु र सेवाको माग घट्नासाथ स्वभाविक रुपमा राजस्व घट्छ, बिदेशमा उत्पादन भएका बस्तुहरु त्यहि मूल्य वृद्धि भएर देशभित्र आउने हो। महँगी बढ्ने भयो र हामीले आयातमुखी अर्थतन्त्रमा नै रमाईरहँदा हाम्रो आन्तरिक उत्पादन तहसनहस भयो। त्यसैले अहिले आन्तरिक उत्पादनलाई जसरी पनि बढाउनुपर्छ। उपलव्ध श्रोत र साधनलाई अधिकतम प्रयोग गर्नुपर्छ।’

प्रकाशित : २४ कार्तिक २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह