काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।