काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ५०.४४ अंकले बढेर दुई हजार ६५०.६६ विन्दुमा पुगेको छ ।
बैंकिङ १८, विकास बैंक ६६, फाइनान्स ३२, होटल तथा पर्यटन १५१, हाइड्रोपावर २७, जीवन बीमा ६४४, उत्पादन २७९, माइक्रोफाइनान्स ९५, निर्जीवन बीमा ३२१, अन्य ३८ र व्यापार उपसमूह २९ अंकले बढेको छ ।
आज झापा इनर्जी, सागर डीष्टिलरी, बन्दिपुर केबलकार र स्वस्तिक लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज माबिलुङ इनर्जीको सेयर ४.४४ प्रतिशतले घटेको छ ।
यस दिन ३३० कम्पनीको एक करोड ४२ लाख कित्ता सेयर ७ अर्ब ३ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया