काठमाडौं । देशको अर्थतन्त्र गतिशील बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निजी क्षेत्रसँग छलफल गरी सुझाव लिने भएका छन्। देशको अर्थतन्त्रको हालको अवस्था र अबको दिशाबारे निजी क्षेत्रसँग जानकारी लिन प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल गर्न लागेका हुन्। निजी क्षेत्रका प्रतिनिधिलाई दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बोलाएको उनका…